नेभिगेशन
सुरक्षा अपडेट

चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काठमाडौं कञ्चनपुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।

कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका बताए ।

रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ। रासस।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्