नेभिगेशन
सशस्त्र प्रहरी

सेतीमा वेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पार्‍यो

पोखरा पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदिमा वेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

बाग्लुङ्गको निसिखोला गाउँपालिका–३ घर भएर हाल पोखरा महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ बर्षिय युवराज विक सेती नदिमा पौडी खेल्ने क्रममा आज दिउँसो २ बजे डुवेर वेपत्ता भएका  थिए ।

घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा गोताखोरसहितको टोली खोजतलासमा खटिएको थियो।

खोजतलासका क्रममा १८ फिटको गहिराईबाट घटनाको करिब डेढ घन्टा पछि उनको शव गोताखोरले बाहिर निकालेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्