नेभिगेशन
नेपाल प्रहरी

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मोहन पक्राउ

काठमाडौं प्रहरीले ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

मोरङको केराबारी गाउँपालिका-९ भलुवा चोकका ४४ वर्षीय मोहन कुमार मगरलाई प्रहरीले महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका मगरले ती महिलालाई आइतबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङओए जानकारी दिएको छ।

मोरङ प्रहरीले पक्राउ परेका मगरसँग थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्