नेभिगेशन
नेपाल प्रहरी

दुई युवतीलाई भारतमा बेच्न लैजाँदै गर्दा सीमाबाट समातिए एक युवक

काठमाडौं प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

पर्साको वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट दुई जना युवतीलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गल्छी गाउँपालिका-२ का  २४ वर्षीय रोजन भुजेललाई पक्राउ गरेको हो । 

प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले आफन्त  नेपालका कर्मचारी समेतको उपस्थितिमा रोजनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। 

प्रहरीको अनुसन्धानका क्रममा रोजनले ती युवतीहरूलाई हेटौंडा र वीरगन्जको कपडा कारखानामा राम्रो आम्दानी हुने भन्दै प्रलोभनमा पारेर काममा लगाउने भन्दै भारतमा बेच्ने  भारततर्फ लैजाँदै गरेको खुल्न आएको हो।

पक्राउ परेका रोजनविरुद्ध अदालतबाट ५ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्