नेभिगेशन
नेपाल प्रहरी

प्रहरीले गरेको लागुऔषधविरुद्धको कारबाहीमा १५ जना पक्राउ

काठमाडौं नेपाल प्रहरीले लागुऔषधविरुद्ध गरेको कारबाहीमा १५ जनालाई विभिन्न किसिमका लागुऔषधसहित पक्राउ गरेको छ।

जसअन्तर्गत प्रहरीले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ बसडिलियाबाट २ किलो गाँजासहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई  पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  

यसैगरी, प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-१३ अमरहाट कृषि बजार बस्ने ३० वर्षीय मिलन लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ९० ट्याब्लेट, स्पास्मिड ३ हजार ७० ट्याब्लेट, बुप्रेनोर्फिन ४ एम्पुल, फेनिरामाइन १७ एम्पुल र डाइजेपाम ९ एम्पुल सहित पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 लागुऔषधविरुद्धको कारबाहीमा झापाको अर्जुनधारा नगरपालिका-८ सरस्वती टोलबाट ३ ग्राम ५९० मिलिग्राम  ब्राउनसुगर र नगद २७ हजार ६ सय ७० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३२ वर्षीय अर्जुन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्वरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरि, प्रहरीले  झापाको शिवसताक्षी नगरपालिका-८ डुँडामारी बस्ने २७ वर्षीय सुनिल लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी पश्चिमस्थित  रामग्राम नगरपालिका-६ पोखरापाली बस्ने प्रेमनाथ बनियाँलाई ४ सय ९७ मिलिग्राम   सेतो हेरोइन, नियन्त्रित लागूऔषध डाइजेपाम २४ एम्पुल, फेनारगन २२ एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल, नाइट्राभेट ११ ट्याब्लेट, नगद ३५ लाख ९९ हजार ८ सय ६५ रूपैयाँ र मोबाइल १० थान सहित  प्रहरीले पक्राउ गरेको हो। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसैगरी, प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट ३ ग्राम १० मिलिग्राम  खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-४ बस्ने १९ वर्षीय हेमराज विश्वकर्मा, १८ वर्षीय किशोर र सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने १९ वर्षीय एलेक्स सुबेदी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यस्तै प्रहरीले  मोरङको सुन्दरहरैंचा नगरपालिका-३ आइतबारेबाट १ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर, नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ३५ ट्याब्लेट र लेभ्रिक्स ६ सय ९५ ट्याब्लेट सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सही ठाउँ बस्ने २७ वर्षीय गोवर्धन गुरूङ, २६ वर्षीय गुलाब चौधरी, २५ वर्षीय शक्ति राई, सन्जय खड्का र २० वर्षीय बिशाल उराउ रहेका छन् । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले गोवर्धनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पाँचै जनालाई पक्राउ गरेको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट  २१० मिलिग्राम खैरो हेरोइन सहित २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ बस्ने २४ वर्षीय दर्पण गुरूङ र ३१ वर्षीय सुदिल लिम्बु रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

लागुऔषधसहित पक्राउ परेकाहरुविरुद्ध सम्बन्धित प्रहरी कार्यालय लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्