नेभिगेशन
नेपाल प्रहरी

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा साह पक्राउ,अर्का आरोपी फरार

काठमाडौं दुई जना पुरुषले एक महिलामाथि
बलात्कार बलात्कार गरेका छन् । प्रहरीले पर्सामा महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ भने अर्का आरोपी फरार रहेका छन् ।

पर्सा प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ घर भई वीरगञ्ज-१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साह  रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको थियो।

उनीसँगै अर्का एक व्यक्ति मिलेर २७ वैशाखको राति ती महिलालाई एक्लै भएको मौका पारी मुख थुनेर बलात्कार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले पक्राउ परेका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५
दिनको म्याद लिएर बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ भने अर्का फरारको खोजी कार्य जारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्