नेभिगेशन
नेपाल प्रहरी

युवतीलाई भारतीय सीमावर्ती बजारमा लगेर यौन धन्दामा लगाउने महिला पक्राउ

काठमाडौं    एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको सीमावर्ती बजार रक्सौलमा लगेर यौन धन्दामा लगाएको आरोपमा प्रहरीले एक महिला पक्राउ गरेको छ।

प्रहरी ल्का अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ नगवाकी २० वर्षीया अलिया खातुन छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले बताए ।

यही वैशाखको २१ गते एक युवतीलाई उनले नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पुर्‍याएकी थिइन् । त्यहाँ लगेर ती युवतीलाई उनले यौन धन्दामा लगाएको प्रहरीले बताएको छ। ती युवतीलाई उद्धार गरेर नेपाल फिर्ता ल्याइएको डीएसपी लम्सालले बताए ।

यसअघि पनि खातुन अन्य बालिकाहरुलाई यसैगरी भारत लगेर यौन धन्दामा लगाउने गरेको भन्ने सूचना आएकाले त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्