नेभिगेशन
सुरक्षा अपडेट

चट्याङ लागेर एक महिलाको मृत्यु,३ जना घाइते

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने  जना घाइते भएका छन् ।

३१ वर्षीया निर्मला तामाङलाई चट्याङ लागेको  जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए।

उनलाई घरमै बसिरहेका अवस्थामा चट्याङ लागेको थियो। गम्भीर घाइते भएकी निर्मलालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको र उनको बुधबार साँझ  त्यहीँ मृत्यु भएको श्रेष्ठले बताए।

त्यस्तैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। संखुवासभामा चट्याङ लागेर एक वर्ष अवधिमा पाँच जनाको मृत्यु भइसकेको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्