नेभिगेशन
नेपाल प्रहरी

डाँका-चोरी घटनामा संलग्न रहेको आरोप ५ जना पक्राउ

काठमाडौं । प्रहरीले चोरी तथा डाँका घटनामा संलग्न रहेको आरोपमा  ५ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीले  तनहुँको शुक्लागण्डकी नगरपालिका-१० शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास विक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय बिमल विक, सुवासकै मामा पोखरा महानगरपालिका-१० गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा र  सुवासकै फुपुको छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका-११ दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार तथा पोखरा महानगरपालिका-२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ३३ वर्षीय सुरेश विकलाई पक्राउ गरेको हो।

कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायतका विभिन्न स्थानहरूमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रहेको आरोपमा  उनीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १२ तोला ८ लाल सुनका  गरगहना र  २४ तोला चाँदीका गरगहना तथा चोरीमा प्रयोग भएको ग.२२ प ४९८९ नम्बरको मोटरसाइकल र ग.२१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको जानकारी दिएको छ।

उनीहरूले हाल सम्म पोखराको ९ स्थान र तनहुँको ३ स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको कास्की प्रहरीले जानकारी दिएको छ।

उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप आबश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्