नेभिगेशन
नेपाल प्रहरी

साढे ३ करोड रुपैयाँ बढीको अवैध तस्करीका कृषि औजार बोकेका ३ भारतीय कन्टेनर नियन्त्रणमा

काठमाडौं । भारतबाट अवैध  तस्करी गरेर ल्याइएको साढे ३ करोड रुपैयाँ बढीको कृषि औजार प्रहरीले बरामद गरेको छ।

झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा भन्सार हुँदै अवैध रुपले कृषि औजार लिएर आएका ३ वटा भारतीय कन्टेनरलाई चेकजाँच गर्दा ३ करोड ६१ लाख रुपैयाँ बराबरको अवैध कृषि औजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। 

प्रहरीका अनुसार  काँकडभिट्टा हुँदै झापा भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरलाई प्रहरी टोलीले राजमार्गबाटै नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिइएका ३ वटै कन्टेनरभित्र बाली काट्ने मेसिन र त्यसमा प्रयोग हुने कृषि औजार रहेको प्रहरीले जानकारी दिएको छ। झापा प्रहरीले बरामद अवैध कृषि औजार र ३ वटै कन्टेनरलाई आज आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्