नेभिगेशन
नेपाल प्रहरी

पेस्तोल र गोलीसहित दुई युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन युएसए लेखिएको एक थान पेस्तोल  ,१ राउन्ड गोली र म्याग्जिन सहित २ जनालाई आज दिउसो प्रहरीले पक्राउ गरेको तनहुँ प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ पर्नेमा नवलपरासी पूर्वस्थित गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवनको माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारी रहेका छन् ।

आँबुखैरेनी प्रहरीले उनीहरुलाई मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै  गरेको ना२८ प १५१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।  

पक्राउ परेका दुबै जनालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्