नेभिगेशन
सुरक्षा अपडेट

विषालु च्याउ खाएर एकै वडाका ३ जनाको मृत्यु

काठमाडौं विषालु च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको मृत्यु गएको छ।

माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको मृत्यु भएको हो।

बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए।

मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै मृत्यु भएको थियो। लावतीको आज बिएनसी अस्पतालमा मृत्यु भएको हो।रासस।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्