नेभिगेशन
नेपाल प्रहरी

दुई किशोरीलाई बलात्कार गरेको आरोपमा २८ र ३५ वर्षीय युवक पक्राउ

काठमाडौं । प्रहरीले दुई किशोरीलाई बलात्कार गरेको आरोपमा २८ र ३५ वर्षीय युवकलाई पक्राउ गरेको छ।

बजार घुम्न आएका १६ र १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमाम संखुवासभाको चिचिला गाउँपालिका-३ का  २८ वर्षीय प्रकाश राई  र सोही गाउँपालिका-२ ३५ वर्षीय तुफान राईलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रकाश र तुफानले जेठ  ७ मा जिल्लाको खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया किशोरीलाई ललाई फकाई बलात्कार गरेको आरोप छ। 

उनीहरुले किशोरीहरुलाई खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर  बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुई युवकसँग प्रहरीले थप अनुसन्धान गरिरहेको छ जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्