नेभिगेशन
सुरक्षा अपडेट

बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । नेपाल टेलिकमको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

आज बाजुराको नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको बा ५च २२०९ नम्बरको जिप जगन्नाथ गाउँपालिका-२ मा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार जिपमा सवार धनगढी उपमहानगरपालिका घर भएर नेपाल टेलिकम बाजुराका प्राविधिक अधिकृत  ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ का २८ वर्षीय रवीन्द्र धामीको घटनास्थलमै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन्  । घाइते भएका उनीहरूलाई उपचारका कैलालीस्थित लागि निसर्ग अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्