नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधविरुद्दको प्रहरी कारबाहीमा १७ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ। जसअन्तर्गत प्रहरीले सुर्खेतबाट ५ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

सुर्खेत प्रहरीले उनीहरुलाई ब्राउन सुगरसहित सोमबार रातिसम्म पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। त्यसैगरी कैलालीबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले झापाबाट खैरो हेरोइनसहित ४ जनालाई नियन्त्रणमा लिएको छ भने उदयपुरबाट दुई जनालाई गाँजासहित पक्राउ गरेको छ।

प्रहरीले कैलालीबाट खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्दा रुपन्देहीको 

मायादेवी गाउँपालिकाबाट एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो। त्यसैगरी प्रहरीले पश्चिम नवलपरासीबाट प्रतिवन्धित औषधिसहित ४३ वर्षीय राजु मुसलमानलाई पक्राउ गरेको हो।

यस्तै प्रहरीले मकवानपुरबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्