नेभिगेशन
नेपाल प्रहरी

डेढ क्विन्टल बढी गाँजा र एउटा स्कारपियोसहित दुई युवक पक्राउ

महोत्तरी। प्रहरीले १ सय ५६ किलो (डेढ क्विन्टल बढी ) गाँजासहित दुई जना युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास नगरपालिका-१ शुभ स्वस्तिक हस्पिटल अगाडिबाट १ सय ५६ किलो गाँजासहित सर्लाहीको हरिवन नगरपालिका-५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका-३ बुद्दचोक बस्ने २१ वर्षीय अभिषेक परियारलाई पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा११ च ३४९४ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा स्कारपियोमा लुकाई छिपाई राखेको ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक लालबाबु र स्कारपियोमा सवार अभिषेकलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ। प्रहरीले उक्त स्कारपियो समेत नियन्त्रणमा लिएको जनाएको छ।

महोत्तरी प्रहरीले पक्राउ परेका दुई जनाविरुद्द लागुऔषध कसुरमा थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्