नेभिगेशन
नेपाल प्रहरी

ठुलो परिमाणको प्रतिवन्धित औषधि ट्रामाडोल र ओनरेक्ससहित दुई भारतीय युवक पक्राउ

काठमाडौँ । ठुलो परिमाणको प्रतिवन्धित औषधिसहित प्रहरी एउटा कारसहित दुई जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। 

प्रहरीले बाराको अमलेखगञ्जबाट बीआर–०१–बियु–३४८५ नम्बरको भारतीय कारमा पछाडिको सिटमुनि फल्स बटम बनाएर ल्याएको २१ हजार ६ सय ट्याब्लेट ट्रामाडोल र  ७६ बोतल लागु औषध ओनरेक्स पनि बरामद गरेको जानकारी दिएको छ।

पक्राउ पर्नेमा भारतका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल रहेको बारा प्रहरीले जानकारी दिएको छ।

बारा प्रहरीले पक्राउ परेका दुई जनासँग लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्