नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सर्लाही । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

सर्लाहीको बरहथवा नगरपालिका-१७ नम्बर  वडा कार्यालय नजिकै आज बिहान ना४६प २८२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ

प्रहरीका अनुसार कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको उक्त मोटरसाइकल दुर्घटना हुँदा चालक रायको मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका रायको उपचारका क्रममा बाराको एलएस न्यूरो अस्पतालमा आज बिहान करिब ६ बजे मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्