नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको हिरासतमा रहेका थुनुवा मृत्यु

काठमाडौं । प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। ५ दिनदेखि जिल्ला प्रहरी मोरङको हिरासतमा रहेका थुनुवा २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो

मोरङ प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दाका थुनुवा  झापाको दमक नगरपालिका-१ घर भएका श्रेष्ठलाईज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जेत १५ गते अभद्र व्यवहार आरोपमा पक्राउ परेका श्रेष्ठ  लागुऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ।

श्रेष्ठविरुद्ध यसअघि ३ पटक लागुऔषध ऐन र १ पटक अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलेको थियो । पछिल्लो पटक भने उनी साइकल चोरी गर्न खोजेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्