नेभिगेशन
नेपाल प्रहरी

खोलाको बगरबाट बालुवामा पुरिएको ११ क्विन्टल बढी गाँजा बरामद

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोलाको बगरमा बालुवाले पुरेको अवस्थामा ११ क्विन्टल बढी किलो गाँजा बरामद गरेको छ।

सुनसरीको हरिनगरा गाउँपालिकाको कटान खोलाको बगरमा बालुवाले पुरेर राखिएको ३८ वटा बोरामा ११ क्विन्टल २० किलो गाँजा बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

सुनसरीका अनुसार कटान खोलाको बगरमा बालुवामुनि गाँजा लुकाएर राखेको सूचना पाए लगत्तै प्रहरी र सशस्त्र प्रहरीको ४० जनाको संयुक्त टोलीले कटान खोलाको बगरमा  खोजतलास गर्दा गाँजा फेला पारेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्