नेभिगेशन
नेपाल प्रहरी

सिमराकी डीएसपी सुभद्रा वाइबा प्रधान कार्यालय फिर्ता

काठमाडौं । इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी सुभद्रा वाइबा प्रहरी प्रधान कार्यालय तानिएकी छिन् ।

बाराको सिमरा प्रहरी प्रमुख वाइबालाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

उनको स्थानमा डीएसपी वेद जोशीलाई पठाइएको छ । ६ महिनाअघि सिमरा गएकी वाइबाले जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत  शान्तिराज प्रसाईंसँग विवाद गरेकी थिइन् । तेलको कुपनको विषयमा उनीहरूको बिचमा विवाद भएको बताइएको छ।

डीएसपी वाइबा यसअघि यसअघि प्रहरी प्रभाग कोटेश्वरको इन्चार्ज हुँदा पनि अवधै नपुग्दै तानिएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्