नेभिगेशन
नेपाल प्रहरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ

काठमाडौं ।१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वतस्थित कुश्मा नगरपालिका-१ पाङका ३२ वर्षीय सुरेन्द्र किसान  रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार सुरेन्द्रले ती बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आइतबार बिहान पक्राउ परेका सुरेन्द्रलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरु गरिएको पर्वत प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्