नेभिगेशन
नेपाल प्रहरी

आफ्नै मालिकलाई यौन दुर्व्यवहारमा फसाउने भन्दै ५० लाखको बार्गेनिङ, युवतीसहित ३ जना पक्राउ

काठमाडौं । आफ्नै मालिकलाई यौन दुर्व्यवहारमा फसाउन खोज्ने एक युवतीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका-१५ स्थित  टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङको विराटनगरका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका-२ का ४० वर्षीय टेकबहादुर सुवेदीलाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको अनुसार मरियम पोखरा महानगरपालिका- ४ स्थित एक सुनचाँदी पसलमा काम गर्दै आएकी थिइन् । उनले लिम्बु र सुवेदीसँग मिलेर आफ्नै मालिकलाई यौन दुर्व्यवहारमा फँसाउने धम्कीसहित ५० लाख रुपैयाँ माग गरेकी थिइन् ।

साथै मरियमले सुन पसल सञ्चालककी श्रीमतीलाई लेकसाइडस्थित एक होटलमा बोलाई ‘जिन्दगीभर पुग्ने धन सम्पति, बस्ने घर तथा व्यवसायका लागि प्रवन्ध गरी दिनुहोस् होइन भने हामी तिम्रो श्रीमानका विरुद्धमा विभिन्न मुद्दा मामिला गरी सडाई दिन्छौँ’ भन्ने धाकधम्की दिएको र ५० लाख मागेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुलाई अडियो र आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी विभिन्न कागजातसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

पक्राउ परेक उनीहरुविरुद्ध कास्की जिल्ला अदालतमा आपराधिक विश्वातघात तथा आपराधिक लाभ (एक्सर्टसन) मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्