नेभिगेशन
सुरक्षा अपडेट

बन्दै गरेको हेवाखोलाको बेलिब्रिज भाँचिएर ३ कामदारको मृत्यु

काठमाडौं  । पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका पाँचथरका अनुसार मृत्यु हुनेहरूमा बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो।

जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले हिजो राति तीनै जनालाई मृत घोषणा गरेको प्रहरीले  जानकारी दिएका छन्। मृतकका शव सोही अस्पतालमा रहेको प्रहरीले  बताएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्