नेभिगेशन
नेपाल प्रहरी

१ करोड ३० लाख बढीको सुनसहित भारतका कुलदिप र रुपन्देहीका रामबहादुर पक्राउ

काठमाडौं । प्रहरीले १ करोड रुपैयाँ बढीको  अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पोखराको पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसलाई जाँच  गर्ने क्रममा भारतको पन्जाबस्थित अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका-१६ का ४७ वर्षीय रामबहादुर  बिकलाई प्रहरीले  १ करोड ३० लाख रुपैयाँ बढी सुनसहित पक्राउ गरेको हो।

कास्की प्रहरीका अनुसार उनीहरुबाट बरामद गरिएको सुनका विभिन्न गरगहनासहित उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ।

पक्राउ परेका कुलदिप र रामबहादुरको साथबाट बरामद गरेको ८२ तोला १६ लाल सुनको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ रहेको  जिल्ला प्रहरी कार्यालय  कास्कीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट सुनका सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र, पोते लगायतका गहना बरामद गरेको हो।

कास्की प्रहरीको अनुसन्धानमा पक्राउ परेका दुई जनाबीच ३ वर्षअघि  फेसबुकमार्फत चीनजान भएको थियो। भारतका कुलदिपले भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने गर्दै गर्दा नेपालमा पनि कारोबार गर्ने योजना बनाएको प्रहरीले जानकारी दिएको छ।

उक्त सुन भारतको अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट सुन ल्याइ नेपालमा विक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्