नेभिगेशन
नेपाल प्रहरी

पेस्तोलसहित ३५ वर्षीय भारतीय युवक जय प्रकाश प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले एक जना भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको वेष्टबंगाल सिलिगुढीका ३५ ‍वर्षीय जय प्रकाश कुमार पाठक रहेको प्रहरीले जानकारी दिएको छ।

जय प्रकाशलाई झापास्थित मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट म्याग्जिनसहितको एयर पेस्तोल, ५ राउन्ड एयर बुलेट र २ थान खुकुरीसहित झापा प्रहरीले पक्राउ गरेको हो। 

झापा प्रहरीका अनुसार प्रहरीले डब्लूबी ७० जी ३२३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको उक्त पेस्तोलसहितका हतियार फेला पारेपछि जय प्रकाशलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका जय प्रकाशसँग थप आबश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्