नेभिगेशन
नेपाल प्रहरी

२ क्विन्टल गाँजा बोकेको पिकअप भ्यान र मोटरसाइकलसहित ४ जना पक्राउ

बारा । पिकअप भ्यानमा भुसले छोपेर लैजाँदै गरिएको २ क्विन्टल बढी गाँजासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। 

बारा र वीरगन्जको सीमास्थित गण्डक चोकबाट  प्रहरीले आज २ क्विन्टल १२ किलो गाँजासहित  मकवानपुर थाहा नगरपालिका-४ का रवि कार्की, सोही नगरपालिका-१२ का वीरबहादुर मोक्तान, हेटौँडा उपमहानगरपालिका-१४ का साजन मोक्तान र धादिङको खाक्रे गाउँपालिकाका महेश तामाङलाई पक्राउ गरेको हो।

प्रहरीले बागमती प्रदेश ३–०१–२४ च ४६३० नम्बरको पिकअप भ्यानबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

बारा प्रहरीका अनुसार गाँजा तस्करी भइरहेको सूचना पाए लगत्तै खटिएको टोलीले गाँजासहित पिकअप र बागमती प्रदेशको २–०२७ प २७०० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। 

प्रहरीले बरामद गरिएको गाँजा, पिकअप र मोटरसाइकलसहित पक्राउ परेका ४ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बाराको हिरासतमा राखेर लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरेको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्