नेभिगेशन
सुरक्षा अपडेट

दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबुछोरासहित ३ जनाको मृत्यु, आमासहित २ गम्भीर घाइते

काठमाडौं । दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबुछोरासहित ३ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

सुनसरी प्रहरीका अनुसार जिल्लाको रामधुनी नगरपालिका-७ चतरा-कान्छी चोकमा को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँएका थिए।

गए राति भएको दुर्घटनामा  ३४ वर्षीय इनर्चन चौधरी र उनका ९ वर्षीय छोरा प्रनिषका साथै अर्को मोटरसाइकलका ५१ वर्षीय चालक बिन्दु यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र  उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा मृतक इनर्चनकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग अर्को मोटरसाइकल सवार इटहरी-७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएको सुनसरी प्रहरीले जनाएको छ। उनीहरूको धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्