नेभिगेशन
नेपाल प्रहरी

श्रीमतीको हत्या भएको ३ वर्षपछि फरार श्रीमान् फैयाद मन्सुरी पक्राउ

काठमाडौं । श्रीमती चाँदनी खातुनको हत्या भएको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् । २०७८ माघ २६ गते चाँदनी हत्या गरेको आरोप लागेर फरार रहेका श्रीमान् फैयाद मिया मन्सुरीलाई रौतहट प्रहरीले पक्राउ गरेको हो।

रौतहटस्थित इशनाथ नगरपालिका-४ घिउरा टोलका मन्सुरीलाई २० वर्षीया चाँदनी हत्या गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनास्थलमा चाँदनीको घाँटीमा सलले बेरेर मुखमा पनि सल कोचेको अवस्थामा शव फेला पारेको थियो।

रौतहट प्रहरीले मन्सुरीलाई गहुँ खेतमा आफ्नै श्रीमती हत्या गरेको आरोप लागेको जनाएको छ ।मन्सुर श्रीमती चाँदनीको हत्या पश्चात् फरार  रहँदै आएका थिए।

लामो समयपछि हत्या आरोपमा पक्राउ परेका मन्सुरविरुद्ध  जिल्ला अदालत रौतहटबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्