नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको लाखौं रुपैयाँसहित दुई भारतीय युवक प्रहरीको नियन्त्रणमा

धनुषा। प्रहरीले श्रोत नखुलेको साढे ८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

धनुषाक शहीदनगर नगरपालिका-३ यदुकूहाबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित प्रहरीले  भारतको बिहार मधुवनी बासोपट्टी ग्राम पंचायत बस्ने ४१ वर्षीय श्रवण महतो र ३२ वर्षीय महेश कुमार झालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको प्रहरीले बीआर ३२ वाई ९२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई आज उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्