नेभिगेशन
नेपाल प्रहरी

ठुलो परिमाणको लागुऔषधसहित ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । ठुलो परिमाणमा सेतो हेरोइनसहित प्रहरीले भारतीय नागरिकलाई विमानस्थलबाट नियन्त्रणमा लिएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक राकेश वाहबलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार बैंककबाट थाई एयरबेजको फ्लाइटबाट काठमाडौं अवतरण गरेका राकेशलाई आइतबार राति पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको हो।

त्यसैगरीप्रहरीले मोरङको रंगेलीबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।  प्रहरीका अनुसार रंगेली नगरपालिका-८ बाट  भारतको बिहार थररिया जिल्ला कुर्साकाटा १४ टाँवाबारी ठेगाना भएकी ४५ वर्षीया हसिना खातुन, मोरङको रंगेली - ८ का बर्ष ३८ वर्षीय सुशिल वुढाथोकी र  सोही स्थानकका ५४ वर्षीय कृर्तानन्द ठाकुरलाई ४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

प्रहरीले लागुऔषधसहित पक्राउ परेकाहरुलाई थप आबश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्