नेभिगेशन
नेपाल प्रहरी

बाँकेको बैजनाथबाट खैरो हेरोइनसहित ३० वर्षीय लोकेन्द्र लागुऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा

नेपालगन्ज । बाँकेको बैजनाथबाट खैरो हेरोइनसहित लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक युवकलाई नियन्त्रणमा लिएको छ। 

लागुऔषधको कारोबार भइरहेको सूचना पाएर गएको लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय नेपालगन्ज शाखाको टोलीले बैजनाथ गाउँपालिका-२ पहाडिपुरबाट ६ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित ३० वर्षीय युवक लोकेन्द्र खाँण ठकुरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोले अपरेशनमा  आइतबार राति घरबाटै पक्राउ परेका ठकुरी र बरामद गरिएको राति खैरो हेरोइन र मोबाइललाई आबश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुर बुझाएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्