नेभिगेशन
नेपाल प्रहरी

टिकटक लाइभबाट गालीगलौच गर्ने २० वर्षीया युवती प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले टिकटकबाट अरुलाई गालीगलौज गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ।

टिकटक लाइभमा बसेर अपशब्द प्रयोग गर्दै गालीगलौच गरेको आरोपमा धनुषा प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीय रोशनी खातुनलाई  पक्राउ गरेको हो।

पक्राउ परेकी रोशनीलाई अभद्र व्यवहार कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्