नेभिगेशन
सुरक्षा अपडेट

करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु, दुई मजदुर गम्भीर घाइते

काठमाडौं ।   खाद्य उद्योगमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। रौतहटबाट सर्लाहीको लालबन्दी नगरपालिका-१ स्थित न्यु माँ राजदेवी खाद्य उद्योगमा  धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा    करेन्ट लागेर एक जनाको मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ।

करेन्ट लागेर रौतहट वृन्दावन नगरपालिका-७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो। मृतक दिनेश  ट्रकका सहचालक रहेको प्रहरीले जनाएको छ।

११ हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका दिनेशको हरिवनस्थित नमूना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोही दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान पनि गम्भीर घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्