नेभिगेशन
नेपाल प्रहरी

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना प्रहरीको नियन्त्रणमा

नेपालगन्ज। २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-६ मा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोही स्थानकै ४० वर्षीय यादव विकलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

डोल्पा प्रहरीका अनुसार यादवले ती युवतीलाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो ।

पक्राउ परेका यादवसँग घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्