नेभिगेशन
नेपाल प्रहरी

एक जनाको हत्या गर्ने र अर्कालाई घाइते बनाउने युवक पक्राउ

काठमाडौं। प्रहरीले हत्या आरोपमा २१ वर्षीय  युवकलाई पक्राउ गरेको छ।

इलामको माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनका भाइ प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतीनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ।

साथै घाइते भएका निरोजलाई फिक्कल अस्पतालबाट रिफर गरेर झापामा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले किरणसँग  थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्