नेभिगेशन
नेपाल प्रहरी

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गर्न सफल भएको छ।

वि.सं.२०६१ सालमा भोजपुरको जरायोटार-४ बस्ने बर्ष ३६ का पर्शुराम बिकको हत्या  घटनामा फरार भएका ६२ वर्षीय शम्सेर बहादुर तामाङलाई २१ वर्षपछि पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

संखुवासभाको चैनपुर नगरपालिका-९ का तामाङलाई २०६९ असार १७ गते तत्कालीन पुनरावेदन अदालत धनकुटाले २ वर्ष कैद सजायको फैसला गरेको थियो। 

घटना लगत्तै फरार भएका तामाङ केही दिनअघि गाउँमै आएर बसेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरले आज पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई आजै आबश्यक कैद भुक्तानका लागि जिल्ला अदालत संखुवासभा पेश गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्