नेभिगेशन
नेपाल प्रहरी

जग्गा विवादमा छोराले चक्कु हान्दा बाबुको मृत्यु, छोरा प्रहरीको नियन्त्रणमा

काठमाडौं ।बाबुलाई छुरा प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-२ मा ६० वर्षीय 
बाबु सचिव अन्सारीको हत्या गरेको आरोपमा  प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आज बिहान जग्गा विवादका क्रममा रियाजले बाबुमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका सचिव अन्सारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरी रियाजविरुद्द कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाएर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्