नेभिगेशन
सुरक्षा अपडेट

रिक्सा चार्ज गर्दा करेन्ट लागेर श्रीमान् - श्रीमतीको घटनास्थलमै मृत्यु

काठमाडौं । विद्युतीय रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ। 

सप्तरीको रुपनी गाउँपालिका-२ पौवाँमा आज बिहान रिक्सा चार्ज गर्ने क्रममा करेन्ट ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी  ४२ वर्षीय श्रीमती रामकुमारी खंगको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सप्तरी प्रहरीले दिएको जानकारी अनुसार रिक्सा चार्ज गर्ने क्रममा सुरुमा श्रीमानलाई करेन्ट लागेको थियो। श्रीमानलाई करेन्ट लाग्दा श्रीमतीले छटाउन खोज्दा उनलाई पनि करेन्ट लागेको हो।

करेन्ट लागेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्