नेभिगेशन
नेपाल प्रहरी

भारतीय लागुऔषध करोबारीमाथि प्रहरीले चलायो २ राउन्ड गोली, १२० ग्राम खैरो हेरोइन बरामद

काठमाडौँ । प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएको छ। झापामा काठमाडौँको कोटेश्वरबाट गएको लागुऔषध  नियन्त्रण ब्यूरो  र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा गोली चलाएको हो । 

लागु औषध नियन्त्रण ब्युरोकाका अनुसार आज दिउँसो  गोली चलाएर आरोपीलाई पक्राउ गरिएको हो । झापाको भद्रपुरमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

सो क्रममा आरोपी मोहम्मद इस्लामको खुट्टामा गोली लागेको झापा प्रहरीले जानकारी दिएको छ। प्रहरीले  दुई राउन्ड गोली चलाइएकोमा उनको खुट्टामा गोली लागेको हो ।

उनको साथबाट प्रहरीले  करिब १२० ग्राम खैरो हिरोइन बरामद भएको छ भने घाइते भएका भारतीय नागरिक मोहम्मदलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्