नेभिगेशन
नेपाल प्रहरी

बलात्कार गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङबाट ३७ वर्षीय युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।मोरङ प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा विकलाई पक्राउ गरिएको हो।

त्यसैगरी प्रहरीले उदयपुरको चौदण्डीगढी नगरपालिका-९ हडिया बस्ने ४८ वर्षीय गजेन्द्र गिरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको हो। 

२४ वर्षीया महिलालाई गिरीले बलात्कार गरेको आरोपमा  इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले  पक्राउ गरेको उदयपुर प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेका दुबै जनासँग सम्बन्धित  प्रहरीले कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्