नेभिगेशन
नेपाल प्रहरी

पौने ७६ लाख रुपैयाँ नगदसहित तीन जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले हुण्डीको पौने ७६  लाख रुपैयाँ बढीसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-१३, हाटबजार बस्ने महमुदिन एम अहमद, झापाको दमक नगरपालिका- ४ घर भई हाल पोखरा-६ बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा महानगरपालिका-१९ पुरनचौरका खेमराज पौडेललाई हुण्डीको ७५ लाख ९६ हजार बराबरको नेपाली र विदेशी मुद्रासहित पक्राउ गरेको हो।

आज कास्की प्रहरीले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो। कास्की प्रहरीका अनुसार प्रहरीले उनीहरुको साथबाट ४४ लाख ८ हजार नेपाली रुपैयाँ ,१९ हजार ६ सय अमेरिकी डलर र ४ हजार युरो बरामद गरेको जानकारी दिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरु लामो समयदेखि अवैध रुपले विदेशी मुद्राको कारोबार गर्दै आएको खुल्न आएको कास्की प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुविरुद्द राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिई विदेशी मुद्रा कारोबार मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्