नेभिगेशन
सुरक्षा अपडेट

एकै परिवारका १६ जना एकाएक सम्पर्कबिहीन, दुई जिल्लाका प्रहरीले खोजी गर्दै

काठमाडौं । एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि प्रहरीले खोजी शुरु गरेको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ स्थित स्थानीय हायु परिवारका १६ जना एकाएक सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ।

सिन्धुली प्रहरीका अनुसार गत शुक्रबारदेखि उनीहरु सम्पर्कविहीन भएका हुन् । गाउँपालिकाबाट लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम साउन ८ गते प्रतिव्यक्ति ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेपछि उनीहरु एकाएक सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन हुनेमा उर्मिला हायु, उनका ६ छोरा, ६ छोरीसहित अन्य सदस्य तहेका  छन् । प्रहरी भन्छ -'त्यस क्षेत्रमा विपद्को घटना पनि नभएको सुनिएको छ, उहाँहरुको खोजीका लागि प्रहरी खटिएको छ ।’ उहाँहरु जान सक्ने स्थान लगायत अन्य स्थानमा समेत खोजी कार्य जारी रहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ।

सम्पर्कविहीन भएका १६ जनाको खोजीका लागि सिन्धुली प्रहरी  र जिल्ला प्रहरी कार्यालय रामेछापसमेत टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्