नेभिगेशन
ट्राफिक प्रहरी

चोरीको मोटरसाइकलसहित दुई जना ट्राफिक प्रहरीको फन्दामा

काठमाडौ। ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई चोरीको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-७ उमाकुण्डबाट आज मोटरसाइकल चोरीमा संलग्न रामेछापको सुनापति गाउँपालिका-२ घर भएका ४० वर्षीय गहनसिंह तामाङ र सुनापति गाउँपालिका -३ घर भएका ३४ वर्षीय प्रकाश भन्ने तेज बहादुर तामाङलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक गिरीका अनुसार वास्तविक नम्बर बागमती प्रदेश ०२-०५३ प ३७ ८२  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०५२ प ३६ ५७ राखि चलाइरहेको अवस्था फेला पारी दुवै जनालाई आज  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

उक्त मोटरसाइकल काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका-५ घर भइ हाल काठमाडौँको नयाँवानेश्वर बस्ने राम बहादुर गौतमले  काठमाडौँ महानगरपालिका-३१ प्रयागमार्गबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएको एसपी गिरीले बताए।

चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँवानेश्वर पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता गिरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्