नेभिगेशन
नेपाल प्रहरी

२३ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाजिन्द्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २३ वर्षपछि पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगर रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका-१७ तल्लोबिरौटा टोलका बाजिन्द्रले वि.स. २०५० सालको फागुनमा स्याङ्जाको चापाकोट नगरपालिका-२ स्थित गाउँकै ६० वर्षीय हस्ते विकलाई कुटपिट गरेपछि उपचारका क्रममा  हस्तेको मृत्यु भएको थियो।

उक्त घटनामा सर्वोच्च अदालतले २०५९ असोज ७ गते बाजिन्द्रलाई दोषी ठहर गर्दै २ वर्ष कैद सजायको फैसला गरेको स्याङ्जा प्रहरीले जानकारी दिएको छ।

फैसला पश्चात् बाजिन्द्र पोखरा लुकिछिपी पोखरामा बस्दै आएको  विशेष सूचनाका आधारमा बाजिन्द्रलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

पक्राउ परेका बाजिन्द्रलाई आवश्यक कैद भुक्तानका लागि स्याङ्जा अदालत हुँदै कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्