नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगर पुर्‍याउन नेपाल आएका दुई भारतीय १४१ ग्रामसहित पक्राउ

काठमाडौं । प्रहरीले १४१ ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई  नेपाल- भारतसीमा क्षेत्र नजिकबाट पक्राउ गरेको छ। 

भारतबाट १४१ ग्राम ब्राउन सुगर पुर्‍याउन विराटनगर आएका बिहार राज्यस्थित अररिया जिल्लाको फारबिसगञ्ज थाना रामपुर पञ्चायत-२ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत-१० का ३५ वर्षीय सरफराजलाई पक्राउ गरेको हो।

शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको देखेपछि
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले    विराटनगर महानगरपालिका-१५ रानीको जानकी मन्दिरअगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो । बरामद गरिएको ब्राउनसुगर प्लास्टिकसहित १५० ग्राम र प्लास्टिक बाहेक १४१ ग्राम रहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका दुवैले भारतबाट लागुऔषध ल्याई नेपालमा बिक्री वितरण गर्ने गरेको स्वीकारेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्द लागुऔषध मुद्दामा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्