नेभिगेशन
सुरक्षा अपडेट

जनकपुरमा रेलसँग कार ठोक्कियो

काठमाडौं ।  जनकपुरमा रेल र कार ठोक्किएका छन् । जनकपुरक्प थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार भांगहाबाट जनकपुरतर्फ जाँदै गरेको अवस्थामा सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको थियो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्