काठमाडौं। प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट ५ जनालाई नियन्त्रणमा लिएको छ। जसअन्तर्गत प्रहरीले काठमाडौं महानगरपालिका-१६ वाइपास बस्ने शम्भु शाहीलाई ४ सय ४० ग्राम गाँजा पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट १० किलो गाँजा सहित गजुरी गाउँपालिका-८ किरान्चोक बस्ने २४ वर्षीय विवेक तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट नेपालगंजतर्फ जाँदै गरेको भे१ ख ३८४८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल र बुप्रेनोर्फिन ८ एम्पुल सहित सोही नगरपालिका-३ मिलनचोक बस्ने २५ वर्षीय युद्द बहादुर लुङ्गेली मगरलाई पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना१ ज ८३९१ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो ।
यसैगरी प्रहरीले पोखरा महानगरपालिका-१५ मधुमार्गबाट अवैध ६ किलो गाँजा सहित सोही महानगरपालिका-१४ गलेश्वर बस्ने रूपन्देही घर भएका ३८ वर्षीय कुमार गुरूङलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय आशिष राईलाई नियन्त्रित लागूऔषध ट्रामोल ३ सय ५९ ट्याब्लेट र डाइक्लोमाइन २ सय ६० ट्याब्लेट सहित आज बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु विरुद्ध लागुऔषध कसुरमा सम्बन्धित प्रहरी कार्यालयले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।