नेभिगेशन
सुरक्षा अपडेट

एम्बुलेन्स दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

जाजरकोट । एम्बुलेन्स दुर्घटनामा जाजरकोटमा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका-१ डौँरीकाँडाका २८ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

गएराति करिब १ बजेतिर भेरी नगरपालिका-१ कोलचौर नजिकै कल्ले बाट मैदे तर्फ जाँदै गरेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स कल्ले खोलामा दुर्घटना परेको थियो।

भित्री सडक खण्डमा दुर्घटनामा परेको एम्बुलेन्स सडक खण्डदेखि झन्डै एक सय मिटर मुनी खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी वशन्त शर्माले बताए ।

प्रहरीका अनुसार चनारा एक्लै एम्बुलेन्समा सवार थिए ।दुर्घटना बारे प्रहरीलाई बिहान ८ बजेपछि मात्रै सूचना आएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्