नेभिगेशन
सुरक्षा अपडेट

बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु,१६ जना घाइते

काठमाडौं । यात्रुबाहक बस र विङ्गर एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिका-३ मा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर आज बिहान ठोक्किएर दुर्घटना हुँदा  ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृतकहरुमा  २ जना पुरुष र १ जना महिला रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाका घाइतेहरूको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्